देशभर कति छ एमालेको सम्पत्ति ?

काठमाडौं : एमाले देशको सबैभन्दा धनी पार्टी हो, उसँग केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा पनि सम्पति छ । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने दाबीबारे स्पष्ट कानुनी व्यवस्था नभएकाले सरोकारवाले फरक फरक व्याख्या गरिरहेका छन् ।

Advertisement

दल दर्ता गरेर छुट्टिएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एसले सम्पत्तिमा कानुनी दाबी गर्ने आधार खोज्न थालेको छ । एमालेले भने फुटेको दलले चल अचल कुनै पनि सम्पत्तिमा दाबी गर्ने कानुनी आधार नरहेको निष्कर्षसहित देशभर पुनःअभिलेखीकरणको लागि काम अगाडि बढाएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताए । ‘राजनितिक दलसम्बन्धी ऐनमा पार्टी विभाजन हुँदै सम्पत्ति भागबन्डा गर्नुपर्ने कुनै व्यवस्था छैन । परिवार छुट्टिँदा अंशबन्डा गर्ने कानुनी व्यवस्था भए पनि पार्टीबाट छुटिँदा सम्पत्तिको अंशबन्डा हुने विषय कुनै पनि कानुन छैन ।,’ केन्द्रीय कार्यालय सचिव तामाङले भने, ‘बरु, विशुद्ध एमालेलाई फुटाउने गरी अध्यादेश ल्याउँदा सम्पत्ति भागबन्डाको विषय राख्नै बिर्सिनुभएछ । त्यसैले कानुनमा व्यवस्था नभई उहाँहरुले कुनै दाबी गर्ने नै स्थिति छैन ।’,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top