विभाजनपछि सबै प्रदेशमा प्रतिपक्षी बन्दै एमाले

१६ भदौ, काठमाडौँ ।
नेकपा एमालेको विभाजन पश्चात माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कि नेकपा एमालेरोज्ने भनेर एमालेका जनप्रतिनिधीलाई दिएको समय सकिनै लाग्दा दल रोज्ने क्रम सुरु भएको छ। मंगलबारमात्रै विभिन्न प्रदेशमा नेकपा एमाले छाडी नेकपा एस रोज्नेसांसदहरुले सम्बन्धित क्षेत्रको निर्वाचन आयोगमा पुगी आफ्नो निवेदन दिएका छन् ।

यो प्रक्रिया सुरु भएसँगै प्रदेशहरूमा खैलाबैला मच्चिन सुरु भैसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा दल रोज्नका लागि समय तोकेको छ । त्यसलगत्तै अहिले एमाले र नेकपा (एस)का नेताहरूले आफ्नो पक्षमा धेरैभन्दा धेरै सांसद तान्ने कोशिसमा रहेका छन् । एमाले अध्यक्षले पटक पटक एमाले नछाड्न र नेकपा एस नजान आह्वान गरिसकेका छन् । यसका लागि उनले निर्देशनात्मक परिपत्र समेत जारी गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) को जारी समिकरणकले सातवटै प्रदेशमा सरकार बनाउने अवस्थामा पुगेको छ । विभाजित बनेको एमाले भने केन्द्रदेखि सबै प्रदेशबाट बाहिरिने निश्चित भएको छ । नेकपाको विभाजनपछि अल्पमतमा परेको एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा भने सरकार गुमाइसकेको छ । प्रदेश १ ः प्रदेश–१ मा आज केहि सांसदहरु नेकपा (एस) मा जाने निर्वाचन आयोगको कार्यालयमा गएर सनाखत गर्ने तयारी गरेका छन् । १० जना सांसदहरूले नेकपा एसका पक्षमा सनाखत गर्ने तयारी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद रहेका छन् । पछिल्लो समयमा १९ जना सांसद माधवकुमार नेपाल समूहमा रहेका थिए । त्यो संख्यामा भीम आचार्य संसदीय दलको नेताको रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्दा २४ रहेका थिए । नेकपा (एस) गठन प्रक्रियाबाट अलग्गिएका आचार्य गत साता प्रदेशको मुख्यमन्त्री बनेका थिए । अब एमालेबाट १० सांसद गए आचार्य अल्पमतमा पर्नेछन् ।

प्रदेश–२ संसद्मा नेकपा एमालेभन्दा नेकपा (एस) ठूलो दल बन्ने देखिएको छ । केही दिनभित्र १३ जना सांसदले सनाखत गर्ने बताइएको छ । प्रदेश–२ मा एमालेका १९ सदस्य छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा सनाखतपछि नेकपा (एस) प्रदेश सरकारमा सहभागी हुनेछ । वाग्मती प्रदेशका १२ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एस)मा खुलेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा (एस) रोज्दै सनाखत गरेका हुन् । १२ जना सांसदहरूले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । त्यहा नेकपा (एस)का राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दावी गरिसकेका छन् । यता ६० सदस्यीय गण्डकी प्रदेशमा बहने नेकपा (एस)मा शून्य देखिएको छ। सो प्रदेश सभामा एमालेको २७ सांसद छन् भने लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेको रहने भएपछि नेकपा (एस)ले प्रदेशमा सुन्य अवस्थामा छ।

गण्डकीमा एमालेको सरकार ढलीसकेको छ । यस्तै लुम्बिनी प्रदेशमा नेकपा (एस) कमजोर देखिएको छ । एमालेकी एक मात्रै सांसद रमा घर्ती मगरले दाङस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर सनाखत गराएकी छन् । घर्तीले नयाँ पार्टी रोजपछि प्रदेश सभाका ८० सदस्यमध्ये एमालेको संख्या ३६ भएको छ । यहाँपनि एमाले नेतृत्वको प्रदेश सरकार ढलिसकेको छ। कर्णाली प्रदेशमा पनि नेकपा (एस) कमजोर देखिएको छ । आन्तरिक विवादको कारण बहुमत हुँदाहुँदै पनि सरकार बनाउन नपाएको एमालेका विभाजित भएर बनेको नेकपा (एस)को पक्षमा एक मात्रै सांसद देखिएकी छन् । सांसद देवी वलीले मात्रै नेकपा एसको पक्षमा खुलेकी छन् । त्यहा एमालेका २० सांसद थिए । सुदुरपश्चिममा एमाले का १० जना प्रदेश सांसदले नेकपा (एस) पार्टी रोजेका छन् । प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एस) रोजेका छन्। यसरी हेर्दा चैटिएर गएको भनिने नेकपा एकाका कारण नेकपा एमालेलाईसवै प्रदेशमा सत्तारुढबाट प्रतिपक्ष मा पुर्याउने देखिएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top