झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड

झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड

१६ भदौ, काठमाडौं ।

नेकपा एमालेबाट हालै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन् ।

भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी स्वदेश फर्केको पर्सीपल्ट माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो,’ सापकोटाले जानकारी दिएका छन्, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’

खनाललाई डल्लुस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने प्रचण्ड पहिलो शिर्ष नेता हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.