१६ भदौ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिकलाई फिर्ता गरेको निर्णयको बचाउ गर्नु भएको छ । तालिबानसँग नसकेर अमेरिका पछि सर्याे भन्ने आरोप लागिरहेकै बेला राष्ट्रपति बाइडेनले त्यसको बचाउ गरेका हुन् । ।
उनले अफगानिस्तानमा लामो समय बस्नुको अब कुनै महत्व नरहेकाले सेनालाई फिर्ता बोलाएको बताएका छन् । अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा धेरैको उद्धारका लागि विमानको व्यवस्थापन गरेको भन्दै प्रशंसा समेत गरे ।
यस्तै, उहाँले देश फर्किन चाहने र अझै पनि अफगानिस्तानमै रहेका झण्डै २ सय अमेरिकी नागरिकको उद्धारका लागि प्रयास जारी राख्ने बताएका बीबीसीले जनाएको छ । अमेरिकीसहितका नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ ।
