×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कतारमा कोरोना संक्रमित घट्दै, ४४ लाख डोज खोप वितरण

१६ भाद्र २०७८

१६ भदौ, दोहा ।

नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ ।

Advertisement
Advertisement

कतारमा सोमबार २०५ जनामा संक्रमण पुष्टी भएको थियो भने पछिल्लो २४ घण्टामा १७३ जनामा नयाँ संक्रमण भेटिएको छ । योसँगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३२ हजार ७४४ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा २७७ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २९ हजार ५२३ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ६१९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये २४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा ४४ लाख ३८ हजार २१० डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top