कोभिड कहर : ७३ प्रतिशत घटे अन्तर्राष्ट्रिय हवाई यात्रु

१६ भदौ, काठमाडौं ।

कोभिड–१९ महामारीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको संख्या उल्लेख्य घटेको छ ।

अन्तरराष्ट्रियतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष (आव)मा हवाई यात्रु ७३ दशमलव २७ प्रतिशतले घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तरराष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार ५६३ थियो भने सन् २०२० मा यो संख्या ७ दशमलव २७ प्रतिशतले घटेर ११ लाख ५ हजार ९२९ मा सीमित रहेको छ । त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ ।

सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९ दशमलव ४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ ।

कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठूला नोक्सानी बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आम्दानी अघिल्लो आवमा ४३ प्रतिशत र गत आवमा ७२ प्रतिशतले घटेको उल्लेख छ ।

२०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसबाट प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम समेत प्रभावित भएको बताइएको छ ।

नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण अवरोध उत्पन्न भएको थियो । सम्पन्न हुने चरणमा रहेका आयोजना सोही कारण पछाडि धकेलिन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उक्त वर्ष उल्लेख्य संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएको थियो । तर कोभिडका कारण सो वर्ष हवाई तथा पर्यटन क्षेत्र धराशयी हुन पुगे ।

हाल मुलुकमा एकमात्र अन्तरराष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) रहेको छ । थप दुई अन्तरराष्ट्रिय विमानस्थलहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्ने योजनाअनुरूप अन्तरराष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पुनर्निर्माण (रेनोभेसन) सम्बन्धी कार्य सम्पन्न भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ ।

हाल अन्तरराष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ ९ वायुसेवा र १० हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top