कांग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी, के हुन्छ अधिवेशन ?

१५ भदौ ७८, बुधबार

१६ भदौ, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसका सबै वडा अधिवेशन भदौ १८ गते नै सम्पन्न नहुने निश्चित भएको छ । पार्टीको क्रियाशील सदस्यता छानबिनको काम समयमै नसकिए पछि सबै वडाको अधिवेशन १८ गते नै असम्भव देखिएको हो ।

वडा अधिवेशनको मिति आउन दुई दिन मात्रै बाँकी रहँदा सम्म २१ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले मंगलबार सम्म क्रियाशील सदस्यता विवाद टुंगिएका जिल्लामा १८ गते नै वडा अधिवेशन गर्न सकिने बताए ।

‘हिजो सम्म क्रियाशील सदस्यता सार्वजनिक भएका अधिकांश जिल्लामा १८ गते नै वडा अधिवेशन गर्न सकिन्छ, बाँकी जिल्लामा असम्भव छ’ यादवले भने,‘अन्य जिल्लामा सदस्यता टुंगिएपछि त्यही आधारमा वडा समितिले निर्वाचन गर्छन् ।’ यसअघि नै सदस्यता टंगो लागिसकेका दुर्गमका केही जिल्लामा पनि १८ गते नै अधिवेशन असम्भव रहेको उनले बताए ।

निर्वाचन समितिले मंगलबार थप तीन जिल्ला सुनसरी, बागलुङ र मकवानपुरको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । ‘मंगलबार सार्वजनिक भएका जिल्ला मध्ये बाग्लुङ अलि टाढा हो । त्यहाँ पनि आजै प्लेनमा पोखरा हुँदै निर्वाचन अधिकृत र आवश्यक सामग्री पठाउछौं’ यादवले भने,‘त्यहाँ पनि सम्भवत् १८ गते नै वडा अधिवेशन हुन्छ ।’

यादवले १८ गतेबाट वडा अधिवेशन सुरू भइसक्ने र २७ गतेभित्र क्रियाशील सदस्यता टुंगो लागेका आधारमा उपयुक्त दिनमा निर्वाचन समितिको अनुमतिमा वडा अधिवेशन गर्न सकिने बताए ।

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य डा. मिनेन्द्र रिजालले २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य भइरहेको बताए ।

‘सदस्यता विवाद चाँडो भन्दाचाँडो टुंग्याउन हामी तीव्र गतिमा काम गरिरहेका छौं’ रिजालले भने,‘निरन्तर काम भइरहेको छ । केही कामहरू बाँकी छन् । सम्भवत् चाँडै टुंग्याउछौ होला ।’ उनले १८ गतेबाट वडा अधिवेशन हुँदै जाने र २७ गते पालिकाको अविधेशन अघि क्रियाशील सदस्यताको टुंगो लागेर प्रतिनिधि पठाउने काम सकिने बताए ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकसम्मिलित समितिले काम गरिरहेको छ । समितिले क्रियाशील सदस्यको टुंगो लगाएर निर्वाचन समितिलाई बुझाउछ र समितिले पार्टीको वेबसाइटमा प्रकाशित गर्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top