ढाका कपडाको व्यापार घट्यो, व्यवसायी संकटमा

१६ भदौ, तेह्रथुम।

तेह्रथुममा ढाका कपडाको व्यापार घटेको छ । कोरोना भाइरस महामारीसँग डेढ वर्षयता ढाका कपडाको व्यापार प्रायः टप्प भएको हो ।

मेसिनबाट समेत ढाका कपडा बन्न पाइने भए पनि तेह्रथुममा हातैले कलात्मक ढंगबाट ढाका कपडा बुन्ने गरिन्छ । त्यही भएर तेह्रथुमे ढाकाको माग हुन्थ्यो ।

चाडपर्वमा ढाका कपडाको अत्यधिक माग हुने गरे पनि महामारीका कारण व्यापार नै हुन छाडेको उज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्वलता सुब्वाले बताइन् ।

महामारीभन्दा पहिलो दसैंताका १२ लाख रुपैयाँसम्मको ढाका कपडा बिक्री हुने गरेकामा अचेल मुस्किलले एक लाखसम्मको कारोबार हुने गरेको सुब्वाले बताइन् ।

तेह्रथुमको ढाका हङकङ, युके, सिंगापुर, भारत लगायतका देशमा पनि निर्यात हुथ्यो । कोरोनाका कारण ढाका व्यवसाय संकटमा परेकाले सरकारले उद्यमीलाई सरल व्याजमा ऋण दिनुपर्ने ढाका व्यवसायी श्रृजना लिम्वुको भनाइ छ ।

उद्यमीले हातैले बुनेर ढाकाको टोपी, साडी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरा सुरुवालकोट, झोला, जुत्ता, चप्पललगायतका सामग्री बनाउँदै आएका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top