चिडियाखानाका जनावरलाई ४ कराेडकाे खाना, मानिसहरु घुम्न नजाँदा व्यवस्थापन गर्न धौ–धौ

१६ भदाै, काठमाडाैँ ।

कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ ।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताए । उनले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शुन्य बराबर रहेको बताए। उनले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमीक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताए ।

सूचना अधिकृत चालिसेले भने, ‘हाम्रो आम्दानी आदि जस्तै घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्यौं । दोस्रो लहरमा साढे २ महिना बन्द गर्यौं । आर्थिक स्थिती खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ । हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौँ। पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्शान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ । हिंस्रक जनावरहरु छन् । त्यसमाथि पनि दर्शकहरुको भीड हुने गर्छ । तर पछिल्लो पटक भौतिक संरचना शुन्य बराबर छ, यो संवेदनशील स्थान भएकोले रिपेयरमेन्टेनेन्सहरुमा खर्च गर्छौं, हामीले गत सालको लकडाउनमा त कर्मचारीहरुको आधा स्यालरी काटेर विथआउट फ्यासालिटीमा काम गरेका हौँ, त्यसले कतिपय डेलिभरीका साथीहरुलाई गुमायौँ, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ ।’

उनले साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताए । उनले मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको जानकारी दिए । सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न ईसेवाबाटै टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ । त्यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई ४ भागमा बाँडेर हरेक भागमा ५÷५जना कर्मचारी खटाइएको र अवलोकन कर्ताले सामाजिक दूरी कायम गरेको छ÷छैन, जनावरलाई खानेकुरा दिएको÷नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताए ।

उनले भने, ‘दोस्रो लहरको कोभिड १९ को लहरपछि हामी साउन १ गतेदेखि सञ्चालनमा छौँ । पहिलो लकडाउनकै बेलामा १० महिना बन्द गर्यौं जूलाई यस क्रममा हामीलाई एउटा खालको प्रिपेरेशन तयारी गर्न सञ्चालनको लागि कार्यविधि नै बनायौँ । त्यो कार्यविधि बनाउँदा हामीलाई अन्तर्राष्ट्रिय जूहरुको अनुभवहरु साथै आफ्नै अनुभवले पनि धेरै नै गाइड गर्यो । यो अनुसार हामीले नेपाल गभर्मेण्टको साथै डब्ल्यूएचओको स्टाण्डर्डअनुसारको नम्सहरु जूमा पनि पालना गरेका छौँ । यसमा हामीले मास्क अनिवार्य सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, जथाभावि थुक्न नपाइने नियमहरु लिएर आएका छौँ । मानिस र जनावर, जनावर मानिस डिजिज ट्रान्सफर हुने ठाउँ भएको हुनाले अलि संवेदनशील नै छ । यसमा सबै खालको स्वास्थ्य मापदण्ड र मानिसदेखि जनावर र जनावरदेखि मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि उपायहरु पनि अपनाएका छौँ, हामीले प्रवेश र बाहिरिने गेटमा सामाजिक दूरी कायम गरेका छौँ, भित्र पनि सामाजिक दूरी कायम भएको छ कि छैन, जीवजन्तुहरुलाई खानपान दिइएको छ कि छैन भनेर हेर्नको लागि स्टाफहरुलाई राउण्ड ड्यूटि हरेक सेक्शनमा खटाएका छौँ । जूलाई भिजिटरले अवलोकन गर्ने ठाउँलाई ४ भागमा बाँडेका छौँ । ४ भागमा ५÷५ जना कर्मचारीहरुले हेर्नुहुन्छ । ५० जना भिजिटर भित्र छिरेपछि एकछिन होल्ड गर्ने गरेका छौँ । बाहिरिनेको संख्या जत्तिकै फेरि भित्र पठाइन्छ । र भीड नियन्त्रणको कुरा गर्दा टिकट इसेवाबाटै काट्न सकिने व्यवस्था मिलाएका छौँ । त्यसले पनि सहयोग गरेको छ । अहिले दैनिक ५ सयको हाराहारीमा पनि भिजिटरहरु हुनुहुन्न ।’

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै उनले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको बताए । उनले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताए । तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उनको भनाइ छ ।

उनले भने, ‘कोरोना महामारीका बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै क्मपरमाइज गरेको छैन, अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै फूडहरु ख्वाइरहेका छौँ, विगतमा राम्रा दिनहरुमा हाम्रो आम्दानी १४ करोडसम्म हुन्थ्यो, त्यसमा जनावरलाई ख्वाउनका लागि ४ करोड खर्च हुन्छ, वार्षिक रुपमा । तर अहिले भने ८ करोडको हाराहारीमा मात्रै आम्दानी हुने गरेको छ, यो भनेको चिडियाखानामा विगतका वर्षहरुको भन्दा आधा घटेको छ ।’

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताए । चिडियाखाना स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top