नेपाल र भारतबीचकाे खेलको टिकट मुल्य १ हजार र २ हजार

१६ भदाै, काठमाडौं ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट मुल्य ताेकेकाे छ । एन्फाले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो ।

एन्फाले भीआईपीतर्फको टिकटदर २ हजार तथा सामान्य तर्फको टिकट दर १ हजार तोकेको छ । एन्फाले बिहीबार र आइतबार हुने खेल हेर्न कोभिड खोप लगाएका र पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

Advertisement

नेपाल सरकारको स्वीकृतसँगै एन्फाले ५ हजार १ सय टिकट बिक्री गर्ने भएको हो । नेपाल र भारत दुवैले आगामी अक्टोबरमा माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top