कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार

१६ भदौ ७८, बिहीबार

काठमाडौं : कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८-७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ । वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलुकसँग घाटाको कारोबार गरेकोमा बेलायत, अफगानिस्तानलगायतका १४ देशसँग भने नाफाको व्यापार गरेको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बेलायत, कम्बोडिया, अफगानिस्तान, स्विडेन, स्लोभेनिया, न्यु क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड र क्रोएसियालगायत विभिन्न १४ वटा देशसँग नेपालले नाफाको व्यापार गरेको हो ।

साउन महिनामा वैदेशिक व्यापारमा नेपालले बेलायतसँग ११ करोड ३९ लाख रुपैयाँबराबरको नाफा गर्न सफल भएको हो । गत साउनमा नेपालले बेलायतबाट १७ करोड ६६ लाख रुपैयाँ बढीको मालवस्तु आयात गर्दा त्योभन्दा निकै बढी कुल २९ करोड ६ लाख रुपैयाँबराबरको मालवस्तु निर्यात गरेको थियो ।

नेपालले सोही अवधिमा नाफाको व्यापार गरेको अर्को दोस्रो देश कम्बोडिया हो । सो समीक्षा अवधिमा द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानसँग पनि नेपालले नाफाको व्यापार गरेको देखिन्छ । केही मुलुकमा नाफाको व्यापार गरे पनि पछिल्लो समय बढ्दो आयातका कारण ठूलो व्यपारघाटा झेलिरहेको नेपालको निर्यात भने न्यून रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार नेपालले गर्ने निर्यातको तुलनामा आयातको व्यापार निकै ठूलो र व्यापक रहेको छ । चालू आवको पहिलो महिना गत साउन महिनामा मात्रै नेपालले वैदेशिक व्यापारमा करिब १ खर्ब २९ अर्ब रुपैयाँ बढीको व्यापार घाटा बेहोर्नुपरेको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top