खोलामा आएको बाढीले जिप बगाउँदा २ जनाको मृत्यु, दुई जना बेपत्ता

१७ भदाै, दाङ।

दाङमा बाढीले गाडी बगाउँदा २ जनाको मृत्युभएको छ भने दुई जना बेपत्ता भएको छन् । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले बुधबार राती गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्युभएको हो भने अन्य दुई जना महिलालाई बाढीले बेपत्ता बनाएको छ ।

प्रहरीले चालकलाई भने उद्धार गरेको छ । भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

Advertisement

घटनामा परि घोराही १३ का ३२ बर्षिय सुशिला श्रेष्ठ र घोराही १४ का ३० बर्षिय राधा श्रेष्ठ कुवरको शब फेला गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । घटनामा घोराही १३ का ४० बर्षिय रितामाया पुन र घोराही १४ का ४२ बर्षिय विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ ।

दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । चालक घोराही १५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top