पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

१७ भदौ, काठमाडौं ।

पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेका वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

पहिरोमा हराइरहेकाको खोजी भइरहेको उनले बताए । गएराति पोखराका अन्य धेरै क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ । आज पनि पोखरालगायत गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.