तरलता अभाव हटाउन भन्दै राष्ट्र बैंकले ल्यायो २० अर्बको रिपो

१७ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता सङ्कट समाधानका लागि बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ ।

सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता पठाउने गर्छ । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता देखिएको छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न खोजेको हो । अब बैंकहरुले रिपोमार्फत पैसा लिने ब्याजदरको बोल कबोलमार्फत आवेदन दिन सक्ने सक्नेछन् ।

राष्ट्र बैंकले बैंकहरुलाई रिपोमार्फत तरलता पठाउँदा ५ प्रतिशतलाई न्यूनतम आधार बिन्दु मानेर त्यो भन्दा माथि ब्याज कबोल गर्ने बैंकहरुलाई रकम उपलब्ध गराउँछ ।

बैंकिङ्ग प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने साधन रिपो हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकाले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।

भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसकेपछि धितो स्वरूप राखेको सुरक्षणपत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top