अमेरिकामा एक करोड ५१ लाख डोज खोप नष्ट गरियाे

१६ भदौ ७८, बिहीबार

१७ भदाै, काठमाडौं।

अमेरिकाले गएको छ महिनाभित्र एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फालेकाे छ। गत मार्च एकदेखि हालसम्म उक्त परिमाणमा खोप फालिएको अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी)ले जनाएको छ ।

चार वटा राष्ट्रिय औषधि सञ्जालको दश दश लाख डोज खोप खेर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको विभिन्न राज्यमा खोप आपूर्ति गर्दै आएको वालग्रिन्सको मात्रै २६ लाख खोप खेर गएको छ । सीभीएसको २३ लाख डोज खोप खेर फालिएको छ । वाल्मार्टले १६ लाख डोज खोपको उपयोग गर्न सकेन । राइट एडले करिब ११ लाख खोप खेर फाल्नुपरेको छ ।

सम्बन्धित औषधि आपूर्तिकर्ताले नै उपलब्ध गराएको तथ्याङ्कलाई सीडीसीले एकमुष्ठ सार्वजनिक गरेको हो । तर केन्द्रले खोप फाल्नुको कारणबारे केही खुलाएको छैन् ।

समृद्ध राष्ट्रले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र रुपमा सञ्चालन गर्दै आएका छन् । विपन्न तथा न्यून आय भएका राष्ट्रले भने अझै खोपका लागि सम्पन्न राष्ट्रको अनुदानमा निर्भर रहँदा सम्पन्न देश अमेरिकाले एक करोड ५० लाखभन्दा बढी डोज खोप खेर फालेकाे घटना बाहिरिएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top