ओलीले चालेका कदमहरु राष्ट्रिय आवश्यकता रहेछ भन्न थालियो: किरण पौडेल

१७ भदौ ७८, शुक्रबार

१७ भदौ, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताएका छन् ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताएका हुन् ।

गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प नभएको प्रमाणित हुँदै गरेको भन्दै उनले अबको विकल्प ताजा जनादेश नै भएको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धन अस्वभाविक र अप्राकृतिक भएकाले धेरै नटिक्ने पनि बताए ।

उनले भने– ‘अब फेरी अहिलेको सत्तारुढ गठबन्धनभित्रका विभिन्न किसिमका स्वार्थ समुहहरुले अब त्यो किसिमको परिस्थिति जुन निकाल्दैछन्, मुलुक फेरी एकपटक छिट्टै यो गतिरोधलाई अन्त्य गर्नको निम्ति फेरी संसद विघटन गर्ने र पुनः ताजा जनादेशमा जानुको कुनै विकल्प देखिदैन भन्नेकुरा फेरी प्रमाणित हुदैँछ । हिजो केपी शर्मा ओलीले त्यो कदम चलिरहँदा त्यसलाई गलत भनेर व्याख्या गर्नेहरु, अब ओलीले चालेका कदमहरु राष्ट्रिय आवश्यकता रहेछ भन्ने कुरा आम जनताले महशुस हुनेगरी मुलुकको राष्ट्रिय राजनीति अब त्यो तर्फ जाने हामीले अनुमान पनि गरिरहेका छौँ र जानुपर्छ । र त्यो ताजा जनादेश नै अबको एकमात्र विकल्प हो भन्ने हाम्रो संगठनको ठम्याई छ । अस्वभाविक र अप्राकृतिक जुन गठबन्धन थियो । यो गठबन्धन पनि धेरै टिक्नेवाला छैन । मुलुक पुनः निर्वाचनको बाटोतर्फ अघि बढ्नेछ ।’

अध्यक्ष पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई खर्ब भन्दा बढी रकम युवाहरुको उद्यमशीलता र स्वरोजगारका लागि छुट्याएको भएपनि राज्यका निकायले पारदर्शी रुपमा युवाहरुमाझ वितरण नगरेको बताए । ओली नेतृत्वको सरकारले दिलाएको युवामैत्री कार्यक्रमको सबैले लाभ लिनु पाउनुपर्ने उनले माग गरे । उनले रकमको पारदर्शिता हुनुपर्नेमा जोड दिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top