१७ भदौ, काठमाडौं ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटमा सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।
यसअघि नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका अन्जन बिष्टले गाेल गरेका थिए ।