×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

कांग्रेस वडा अधिवेशन आजबाट

१८ भाद्र २०७८

काठमाडौं : कांग्रेसले आज (शुक्रबार) बाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरुआत गर्दैछ । सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन । त्यसैले कांग्रेस चरणबद्ध वडा अधिवेशनमा जुट्ने भएको छ ।

महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन् । कोरोना महामारीले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । दलित र मुस्लिम समुदायको प्रतिनिधित्व घटाउने षड्यन्त्र गरिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएका छन् । विवादकै कारण क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन ।

Advertisement
Advertisement

महाधिवेशन प्रतिनिधि एवं बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गरे । उनले कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशन स्थगित गर्न रिट दर्ता गराएको बताए । उनले भने, ‘महाधिवेशन अवरोध गर्ने मेरो उद्देश्य हैन । जनताको मन जित्न सबैलाई खोप उपलब्ध गराएर मात्र भव्य महाधिवेशनमा जाऊँ । अहिलेलाई स्थगित गरौं भन्ने हो ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित प्रतिनिधित्व घटाएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आफ्नै पार्टीको सरकार भएका बेला खोपको व्यवस्था गरेर मात्र महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । २०७९ जेठ ३० गतेसम्म महाधिवेशन गर्न नहुने उनको माग छ । उक्त रिटको आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । कांग्रेसका नेता विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले पार्टीले महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

‘पार्टीले स्थापना कालदेखि नै जातीय, क्षेत्रीय र लैंगिक समावेशितालाई नवौं महाधिवेशनबाट क्रमशः स्थानीय वडा तहदेखि केन्द्रसम्म प्रयोग गर्दै आएको र ११औं, १२औं र १३ औं महाधिवेशनमा विधान बमोजिम प्रत्येक वडाबाट न्यूनतम ५ जनामा १ जना, ७ जनामा १ र ९ मा १ जना तथा, निर्वाचन क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिँदै आएको थियो,’ उनले राजीनामा पत्रमा लेखका छन्, ‘यसपटक विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्देशिकामा दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरिएको उल्लेख गरेका छन् ।’

दलित समुदायलाई अपमान र अन्याय हुने गरी षड्यन्त्रपूर्वक निर्देशिका बनाइएका कारण आफूले राजीनामा दिएको विश्वकर्माले बताए । विश्वकर्माको राजीनामापछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले पार्टी केन्द्रीय सदस्यद्वय विश्वकर्मा तथा जीवन परियारलाई बिहीबार बालुवाटार बोलाएर छलफल गरेका थिए । ‘सभापति ज्यूले आश्वासन दिनुभएको छ । यद्यपि, निर्देशिकामा उक्त कुरा नसमेटिएकाले हाम्रो माग यथावत् नै छन्,’ विश्वकर्माले भने ।

दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन–महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाल दलित संघले केन्द्रीय कार्यालयमा बुधबार धर्ना समेत दिएको थियो । केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी भन्छन्, ‘हतारमा अधिवेशन गर्दा निस्किएका समस्या हुन् । क्लस्टरहरू छुट्ट्याइएका छन् । जसले गर्दा दलितलगायत पिछडिएका समुदायलाई अन्याय गरेको छ ।’

कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघले संविधानले आरक्षण गरेको कोटा हटाएको भन्दै धर्नामा बसेर विरोध गरेका छन् । कांग्रेसको निर्वाचन निर्देशिकामा आरक्षण कोटा हटाएको प्रति ध्यानाकर्षण गर्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति स्याङ्जाको संयुक्त आयोजनामा कांग्रेस पार्टी कार्यालयको मूल गेटमा धर्नामा बसेर विरोध गरेका हुन् ।

आजबाट वडा अधिवेशन
कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

Advertisement

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । पौडेलले भने, ‘१८ गतेबाट सुरु गरेर २३ गतेसम्ममा वडा अधिवेशन सक्ने र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ । सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा धमाधम अधिवेशन सुरु हुन्छ ।’ सदस्य तेज प्रसाद रावलका अनुसार कांग्रेसले हालसम्म ६३ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top