८ महीनामा ६७ हजार पर्यटक आए

८ महीनामा ६७ हजार पर्यटक आए

१८ भदौ, काठमाडौं ।

सन् २०२१ को दोस्रो चौमासिकसम्ममा नेपाल आउने पर्यटकको संख्या ६६ हजार ९६६ पुगेको छ । सन् २०१९ पछि नेपाल आउने पर्यटकको संख्यामा सर्वाधिक कमी आएका बेला यो वर्षको ८ महीनामा ती पर्यटक नेपाल आएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक मार्च र अप्रिल महीनामा आएका छन् । अप्रिल महीनामा नेपालमा २२ हजार ५४० पर्यटक आएका छन् भने मार्चमा नेपाल आउनेको संख्या १४ हजार ९७७ रहेको छ । उक्त समयमा पर्यटक नेपालमा ट्रेकिङका लागि आउने गर्छन् ।

सगरमाथाका साथै अन्य शिखर तथा हिमालहरू आरोहणका लागि आउनेको संख्या बढी हुने गर्छ । बोर्डका अनुसार अगस्त महीनामा नेपालमा ५ हजार ९१७ जना पर्यटक नेपाल आएका छन् । यस ३३ देशबाट नेपालमा पर्यटक आएका छन् । सबैभन्दा कम जुन महीनामा १ हजार १४३ जना नेपाल आएका छन् ।

सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै करीब १२ लाख पर्यटक नेपालमा आएका थिए । तर, त्यसयता कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटक आगमनको संख्या निरन्तर ओरालो लागेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.