महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न सभापति देउवाको अपिल

१८ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीकै बीच पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्नुपरेकाले सामाजिक दुरी कायम गरी सहभागी हुन आग्रह गरेका छन् ।

भिडियो सन्देश सार्वजनिक गर्दै सभापति देउवाले महाधिवेशनअन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनमा स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन अपिल गरेका हुन् ।

देउवाले भनेका छन्, ‘देशभरका साथीभाइहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिष्पर्धामार्फत सहभागी हुन अनुरोध गर्दछु, पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको सौन्दर्य हो, स्वस्थ प्रतिष्पर्धाले पार्टीको संगठनमा जग बलियो बनाउने तथा जनजनमा लोकतन्त्रको रक्तसंचार गर्छ ।’

‘आज म निकै खुशी छु, ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ति सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु,’ देउवाले अपिलमा भनेका छन्, ‘लोकतन्त्रको पर्यायको रूपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासमा सधैं आफूलाई अग्रणी सावित गर्दै आएको छ, नेपालका हरेक राजनीतिक आन्दोलको नेतृत्वमा गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि अग्रहणी छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न काग्रेसलाई बलियो बनाउन जरुरी रहेको औंल्याउँदै देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको पनि सन्देशमा उल्लेख गरेका छन् । कांग्रेसको आजदेखि वडा अधिवेशन सुरु भएको छ ।

महाधिवेशन कार्यतालिकामा १८ भदौमा सबै वडामा आज अधिवेशन गर्ने भनिएको थियो । तर, ४५ जिल्लाका वडामा मात्र आज अधिवेशन हुने भएको हो । सबै जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक भइनसकेकाले आज सबै वडामा अधिवेशन नहुने निर्वाचन समितिले जनाएको छ ।

२६ भदौ पहिले नै वडा अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ । भदौ २७ गते पालिकाको अधिवेशन तोकिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top