देशलाई गति दिन सक्ने भिजनसहितको नेतृत्व कांग्रेसमा आवश्यक : प्रकाशमान सिंह

१८ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व कांग्रेसमा आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन सुरू भएसँगै एक सन्देश जारी गर्दै नेता सिंहले संगठनको मेरूदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह भएको बताएका छन्।

Advertisement

वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पनि पर्ने भन्दै नेता सिंहले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता रहेको उनको भनाइ छ।

Advertisement

राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन कांग्रेसका लागि एउटा उत्सव भएको भन्दै उनले कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुने उल्लेख गरेका छन्। कांग्रेसलाई बलियो बनाउने नेतृत्व वडाले जन्माउनु पर्ने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top