अजय शाहीले पाए उद्योग मन्त्रालय

१८ भदाै, बुटवल।

सूर्य चुनाव चिन्हबाट निर्वाचित पश्चिम नवलपरासीका स्वतन्त्र सांसद अजय शाही लुम्विनी प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले गत साउन २८ गते विस्तार गरेकाे मन्त्रीपरिषदमा शाही विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए ।

शुक्रवार मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरेका हुन् । यसैगरी प्रदेश प्रमुखले मौजुदा मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन समेत गरेका छन् ।

जस अनुसार मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण सम्हालेका छन् ।

त्यसैगरी डिल्लबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, कृष्णध्वज खडका आर्थिक मामिला तथा सहकारी मन्त्रालय, सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका छन् । सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा भने विना विभागीय मन्त्री छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top