मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने

१८ भदौ ७८, शुक्रबार
Share this
794shares

१८ भदाै, चितवन ।

Advertisement

कोरोना सङ्क्रमणका कारण पाँच महिना अघिदेखि बन्द भएको मनकामना केबलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञाका कारण बन्द गरिएको केबलकार सेवा भदौ २० बाट खुल्ने भएको हो ।

मनकामना दर्शन प्रा. ली.ले एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको दर घट्दोक्रमसँगै जिल्ला प्रशासन कार्यालय गोरखाको निर्णयअनुसार कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबलकार सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

Advertisement

कम्पनीले भनेकाे छ, “कोभिड—१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ्य सुरक्षा मापदण्डका साथ पुन: सञ्चालन हुने जानकारी गराउँदछौँ ।”

“मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार नै हुने समेत जानकारी गराउँदछौँ । साथै सम्पुर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनुहुन अनुरोध गर्दछौँ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top