पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

१८ भदाै, पर्वत ।

पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कुश्मा नगरपालिका ३ दुर्लुङमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका ११ पकुवामा ५ जना र कुश्मा नगरपालिका ३ अम्बोटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका ३ मा ७८ वर्षीया कौशिलादेवि पाध्या, ३५ वर्षीया भगवती पौडेल, १५ वर्षीया विमला पौडेल, १३ वर्षीया विनीता पौडेल र ८ वर्षका विनोद पौडेलको मृत्यु भएको हो । उनीहरू एकै परिवारका हुन ।

कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल, ६ वर्षीय गणेश पौडेल, सोही ठाउँका ७० वर्षीया डल्ली पाध्या पौडेल ,४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय प्रयुस पौडेल मृत फेला परेका बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका ३ अम्बोटका ५० वर्षीया फुलमाया थापाको घर भत्किएर मृत्यु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.