चीनको सिञ्ज्याङ्गमा भूकम्प

१९ भदाै, काठमाडाैँ ।
उत्तर पश्चिमी चीनको पिशान काउन्टिको सिञ्ज्याङ्गमा शनिबार भूकम्प गएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहान ५.१ रिक्टेर स्केलको भूकम्प गएको हाे ।

Advertisement

जमीनबाट सात किलोमिटर मुनि भूकम्पको गहिराइ मापन गरिएको छ । भूकम्प जानु अघि कश्गर र होटन क्षेत्रमा सामान्य धक्का महसुस गरिएको थियो । हालसम्म भूकम्पको कुनै मानवीय वा भौतिक क्षति दर्ता नगरिएको बताइएको छ ।

भूकम्पको उद्गमस्थलमा उद्धारका लागि ३७ वटा सबारी साधन र १४१ अग्नि नियन्त्रक परिचालन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top