×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सन्दर्भ रेडक्रस स्थापना दिवस : ‘जहाँ दुःख त्यहाँ रेडक्रस’

१९ भाद्र २०७८

१९ भदाै, काठमाडौँ ।

नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ । परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा र छ हजारभन्दा बढी जुनियर-युवा सर्कलमार्फत स्वयंसेवक परिचालन गरिराखेको छ । स्वयंसेवकको यही निरन्तर सेवा प्रवाहलाई सम्मान गर्दै अन्तर्राष्ट्रियस्तरमा रेडक्रस अभियानले यस वर्षको नारा ‘निरन्तरता’ तय गरेको छ ।

Advertisement
Advertisement

ती स्वयंसेवकमार्फत रेडक्रसले समुदायमा विपद् प्रतिकार्य (राहत, उद्धार, पुनर्लाभ), रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार तथा आँखा उपचार, खानेपानी सेवालाई निरन्तर जारी राखेको छ । साथै कोरोना महामारी नियन्त्रण, जोखिम सञ्चार, मानवीय मूल्य प्रवर्द्धन, लैङ्गिक तथा समावेशी व्यवस्थापन, पारिवारिक सम्पर्क, पुनःस्थापनालगायत चेतनामूलक विविध गतिविधि सञ्चालन गरिराखेको छ । सोसाइटीका महामन्त्री पिताम्बर अर्यालका अनुसार ती कार्यक्रमबाट वार्षिक रु ३० लाख सङ्कटापन्न समुदायलाई सेवा पुगेको छ ।

अग्रज स्वयंसेवकले प्रभावकारी सेवा प्रदान गरेकै कारण सरकारले रेडक्रसको भौतिक पूर्वाधारका लागि धेरै जिल्लामा जग्गा उपलब्ध गराएको थियो भने जनसमुदायबाट पनि स्वयंसेवी भावनाको कदर गर्दै आर्थिक तथा मानवीय सहयोगसमेत संस्थाले प्राप्त गर्दै आइरहेको छ । विसं २०५० को दशकमा आइपुग्दा रेडक्रसको सङ्गठन समुदायस्तरमा पुर्याउनु पर्दछ भन्ने धारणालाई मनन गरी उपशाखाको संरचना कार्यान्वयन गरिएको थियो । उनले भने, “रेडक्रसको विकासक्रमलाई हेर्दा नियमले बाँधेरभन्दा पनि रेडक्रसका सिद्धान्त र आदर्शले सेवाभाव जागृत गरेर स्वयंसेवी संस्थाको पहिचान बनाउन सक्षम भएको छ ।”

गोर्खा भूकम्पपछि रेडक्रसले सरकारसँग तत्काल सहकार्य गरी खोज, उद्धार, राहत र पुनर्लाभका क्षेत्रमा महत्वपूर्ण सेवा पुर्‍याएको थियो । पुनःनिर्माणका क्रममा प्रभावित जिल्लामा उसले नेपालको मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) सँगको सहकार्यमा ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ सञ्चालन गरेको थियो । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालका अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन, स्वास्थ्य संस्था मर्मत तथा पुनःनिर्माण, जीविकोपार्जन, संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सञ्चालित सो परियोजनाले कोशेढुङ्गाको काम गरेको थियो । उनले भने, “भूकम्प प्रतिकार्य कार्यक्रमको सफलताको पाठ विपद् प्रभावित अन्य देशमा पनि कार्यान्वयनमा ल्याइएको छ । हामी विपद् प्रतिकार्य गर्न सक्षम छौँ । नेपाल रेडक्रस मानवीय सेवामा अहोरात्र तल्लीन छ । ”

महामारी नियन्त्रणमा उच्च प्राथमिकता

रेडक्रसले कोभिड–१९ को सुरुआती दिनदेखि यसबारेमा सचेतना तथा रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा नै लगाएको छ । माक्स, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सरकारलाई सहयोग गर्दै आएको छ । साथै कोरोनाबाट जोगिने उपायका बारेमा जनचेतना, क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा आवश्यक ब्ल्याङ्केट, तारपोलियनसमेत उपलब्ध गराएको थियो ।

महामन्त्री अर्यालले भने, “कोभिड–१९ बाट प्रभावितलाई सेवा प्रवाह गर्ने क्रममा अहिले पनि सबै जिल्लाका स्वयंसेवकले आफ्नो स्वास्थ्यलाई जोखिममा राखी निरन्तररूपमा मानवीय सेवा पुर्‍याइरहेका छन् । नयाँ नयाँ भेरियन्टसहितको कोरोनाको सम्भावित जोखिमलाई कम गर्न प्रयास जारी राखेका छौँ । यसका लागि आवश्यक भेन्टिलेटर र अक्सिजनको जोहो गर्नमा ध्यान दिएका छौँ । ”

रेडक्रसले आफ्ना ‘ग’ वर्गका एम्बुलेन्सलाई स्तरोन्नति गर्दै ‘ख’ वर्गमा ल्याउने काम जारी रहेको जनाएको छ । हाल संस्थाका २४२ एम्बुलेन्स छन् । कोरोना नियन्त्रणका लागि जोखिम सञ्चार र समुदायको संलग्नता, वडातहमा युवा परिचालन, स्वास्थ्य र सरसफाइ, खानेपानी र शौचालयलाई व्यवस्थित गर्न सहयोग जारी राखेको उसले जनाएको छ । कोरोना सङ्क्रमितका उपचारमा आवश्यक हुने अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिजन उत्पादन प्लान्ट, पल्स अक्सिमिटर, थर्मल गन पिपिईलगायतका सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा वितरण जारी राखेको छ । आइएफआरसीमार्फत ३०० अक्सिजन कन्सन्टे«टर तथा विभिन्न रेडक्रसमार्फत ५०० थान १० लिटर क्षमताका र १०० थान ४० लिटरभन्दा माथिका क्षमताका अक्सिजन सिलिण्डर सोसाइटीले प्राप्त गरेको थियो । सोसाइटीले दश मिलियन मास्क र अक्सिजन प्लान्टलगायतका अन्य स्वास्थ्य उपकरण अस्पताल तथा स्थानीय तहमा वितरण गरिसकेको छ ।

महामन्त्री अर्यालले कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेको जानकारी दिए। उनले भने, “चिनियाँ रेडक्रसले एक लाख मात्रा खोप प्रदान गर्न सहमति प्रदान गरेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले नेपाल रेडक्रसका कर्मचारी तथा स्वयंसेवकलाई खोप प्रदान गरेको छ । आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई पूरा गर्न हामीले सहयोग गरिराखेका छौँ ।”

यसैबीच नेपाल रेडक्रसको सेवामूलक गतिविधिका निरन्तरतामा यस अभियानका साझेदार र अभियानभन्दा बाहिरका सरकारी निकाय, संयुक्त राष्ट्र सङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र सञ्चारजगत्ले आर्थिक तथा प्राविधिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको जनाइएको छ । स्थापना दिवसका अवसरमा रेडक्रसद्वार आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीलाई मानव सेवाको क्षेत्रमा पारदर्शी र विश्वसनीय संस्थाको रूपमा सदैव स्थापित गरिरहनुपर्दछ । ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने जनमानसको भरोसालाई डगमगाउन नदिई समाजप्रतिको जिम्मेवारी पूरा गर्नु नै नेपाल रेडक्रसको मूलमन्त्र हो ।”

असोज १३ र १४ गते विशेष महाधिवेशन

Advertisement

विसं २०७७ साउन १२ गते सोसाइटीको पुरानो समिति भङ्ग गर्दै नयाँ तदर्थ समिति गठन भएको थियोे । यसको समयावधि आगामी कात्तिक ३ गते सकिँदैछ । यसपछि साङ्गठनिक सुदृढीकरणका लागि सङ्गठन तथा व्यवस्थापन अध्ययन, विधानमा समयसापेक्ष अनुकूलन र संस्था नवीकरणबाट नेपाल रेडक्रसको वैधानिक अवस्था सुदृढ गर्नमा तदर्थ समिति प्रयासरत रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “ आगामी असोज १३ र १४ गते विशेष महाधिवेशन गरी विधान परिमार्जन गर्ने र कात्तिक १ र २ गते निर्वाचनसहितको महाधिवेशन गरी समितिको जिम्मेवारी पूरा गर्ने योजना छ ।” साथै समुदायस्तरसम्म सञ्जाल स्थापित भई सेवा पुर्‍याउन सफल र अन्तर्राष्ट्रिय अभियानसँग जोडिएको नेपाल रेडक्रसको प्रभावकारी सञ्चालनका लागि छुट्टै ऐनको आवश्यकता महसुस भएको छ । तसर्थः ऐन निर्माण गरी वैधानिकतालाई सवल बनाउन सरकार तथा सबै शुभेच्छुकको सहयोगको अपेक्षासमेत गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top