१९ वर्षमै सभापति बनेकी स्वस्तिका भन्छिन्- बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ, अबको लक्ष्य जनप्रतिनिधि

१९ भदौ, दैलेख ।
दैलेखमा १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्। दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्। उनलाई सर्वसम्मत सभापतीमा निर्वाचित गरिएको हो ।

महत राजनीतिक वातावरणमै हुर्किएकी हुन्। उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। उनको दुई वर्षअघि भारतको मुम्बईमा उपचारको क्रममा मृत्यु भएको थियो। बुवाको अप्रत्याशित निधनका बेला भर्खर राजनीति बुझ्दै गरेकी जेठी छोरी स्वस्तिका स्तब्ध भइन् ।  परिवारमा ठूलो वज्रपातपछि हेल्थ असिस्टेन्ट पढ्दै गरेकी स्वस्तिकाले आफू र आफ्नो परिवारलाई सम्हाल्नुपर्ने स्थिति थियो । पीडा लुकाएर पनि उनले त्यही भूमिका निर्वाह गरिन् । स्वस्तिकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै कोरोना संक्रमण सुरु भयो। त्यसपछि उनी गाउँ फर्किइन्।

स्वस्तिकाले भनिन्, ‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो । बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’

स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन्। उनले भनिन्, ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ । यो विश्वास र भरोसालाई मर्न दिने छैन।’

पार्टी राजनीतिसँगै उनले पढाइलाई पनि निरन्तरता दिने बताइन्। स्वस्तिकाजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top