×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

ओलीले भने – एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्नु

१९ भाद्र २०७८

१९ भदाै, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौंता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए।

Advertisement
Advertisement

नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए। अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्न समेत गरे । उनले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको भनेर सरकारलाई चेतावनी दिए । अध्यक्ष ओलीले भने, ‘अहिले तपाईहरुले देख्नु भएको छ । अव चीनसँग कुनै सीमा विवाद छदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनु प¥यो ? कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन । यो सरकारलाई म चुनौति दिएर भन्न चाहन्छु–यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न । भारतसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । यिनै मान्छेहरु हुन । काँग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसी बोल्दैन । झुक्याएर पास गर्न खोज्या होला । बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के भन्छन त ? भन्नु पर्दैन । शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन । हिजो साईन गर्नु भएको थियो त । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरुको ठेक्का रद्ध गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोप समेत लगाए । अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गरे । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उहाँले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौति दिए । उनले उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। अध्यक्ष ओलीले भने, ‘उहाँहरुले मोर्चा कसेर एमालेसँग चुनाव लडछौ भन्नु भएको छ । राम्रो आईडिया । एक्लाएक्लै चुनावमा आए हरेकको जमानत जफत हुन्छ । एमालेसँग चुनाव लडन एक्लाएक्लै आउने आँट नगर्नू । भनि दिएको छु मैले पनि–खुलस्त भनेको छु–एक्लाएक्लै चुनावमा लडन आयो भने जमानत जफत हुन्छ । आँट नगर्नू । मिलेर आउनू, जमानत समेत जोगिन्छ । मिलेर आउनू । तर नेकपा एमाले कुनै बैशाखी टेकिरहनुपर्ने पार्टी होईन । यो जनताको साथ लिएर, आफ्ना नीति, आफ्ना उद्देश्य, आफ्ना कामहरु र भविष्यका योजनाहरु जनताको वीचमा लगेर देश र जनताको निम्ति काम गर्ने देश र राष्ट्रियताको निम्ति काम गर्ने, देशको विकास गर्ने ,देशमा सुशासन ल्याउने पार्टी हो । त्यसकारण यो एक्लै चुनाव लडन सक्छ । एक्लै जित्न सक्छ । र मैले अघि नै भने अवको चुनावमा यस्तो जालीझेली काम गर्ने, गठबन्धन बनाएर झ्यालबाट मच्छड पसे जसरी पस्ने सरकार बनाउन, यो कुरालाई हामी जाली हालिदिन्छौं । म साथीहरुलाई उच्च मनोबलका साथ आत्मविश्वासका साथ अगाडि बढन, एकतावद्ध भएर अगाडि बढन, कुनै हिसावले नअलमलिन, हामीले केही गलत मान्छेहरुलाई हिजो उम्मेदवारी दिएछौं । सरकारलाई विश्वासको मत दियो भने बामपन्थी सरकार जोगिन्छ, संसद जोगिन्छ, हामीले विश्वासको मत माग्यौं । विश्वासको मत दिनुपर्छ भनेर बहिष्कार गरेर बाहिर गए । बहिष्कार गरेर बाहिर गए, सरकार अल्पमतमा पारे । संसद धरापमा प¥यो । नत्र संसद धरापमा पर्ने थिएन । सरकार धरापमा पर्ने थिएन । जनताको बीचमा जानुस, विजयको तयारी गर्नुस् ।’

अध्यक्ष ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कहीँपनि नदेखेको टिप्पणी समेत गरे। माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उनले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याऊ गरेर पुगेको व्यंग्य समेत कसे । माधव नेपालले पतनको बाटो रोजेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले हाम्रा घरका विरालाहरु शेरबहादुर देउवाको भान्सामा देखिन्छन नि । यस्ता होइन । दुध र भात खान पाईन्छ भनेर म्याउ गरेर पुगेका छन, ढुक्कले । मैले यतिसारो लाजसरम पचेको मान्छे, माधव नेपाल जस्तो मान्छे, जिन्दगीमा कहिँ पनि देखेको छैन । नेपाल मात्रै होईन् दुनियाँका धेरै देशमा म पुगे । तर माधव नेपालजस्तो सरम पचेको मान्छे । अस्तीसम्म जुन घाटमा बसीराख्या थिए । त्यहीँ खाटामा बञ्चराले अहिले पनि हानी राख्या छन । अस्तीसम्म जुन पिर्कामा बसेका थिए, त्यो पिर्का भाँचेको भाँच्यै छन । जुन मन्दिरमा पूजा गरिरहेका थिए, त्यो मन्दिरमा थुकेको थुक्यै छन अहिले । के भएको ? पतन भएको भनेको त्यही हो–सर्वनाश ।’

Advertisement

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेको विकल्प नरहेको दोेहो¥याए । उनले भूमि समस्या समाधान आयोग खारेज गरेर सरकारले गरिवमारा चरित्र देखाएको आरोप समेत लगाए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top