२० भदौ, काठमाडौं ।
नेपालमा हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा बढी बागमती प्रदेशमा ४३३ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरएको छ। बागमतीमा हाल ११ हजार ६३१ जना सक्रिय संक्रमित छन्।
बागमतीमा ३२२ जना संक्रमित आईसीयूमा छन् भने १११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सबैभन्दा कम प्रदेश २ मा तीन जनामात्र आईसीयूमा छन्।
प्रदेश १ मा हाल ८५ जना आईसीयू र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकी प्रदेशमा ८७ जना संक्रमित आईसीयू र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरएको छ।
त्यस्तै, लुम्बिनीमा ४५ जना आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत छन्। कर्णालीमा चार जना आईसीयूमा र दुई जनालाई भेन्टिलेटरमा रहेका छन्। सुदूरपश्चिममा आठ जना आईसीयू र सात जना भेन्टिलेटरमा छन्।