कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित

१९ भदौ ७८, आइतबार

२० भदौ, काठमाडौं ।

कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।

निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो ।

तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

गर्भवतीलाई कहिले र गर्भ बसेको कति औँ महिनामा खोप दिने भन्नेबारे छिट्टै निर्णय हुने उनले बताए । खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार ३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको छ ।

उनले खोप लगाउने मिति तोेकिए पछि विना कुनै हिचकिचाहट खोप लगाउन आग्रह गर्नु भएको छ । यसैबीच, स्वास्थ्य मन्त्रालयले आउँदो पुस, माघसम्ममा १२ देखि १८ वर्षका उमेर समूहकालाई पनि कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ ।

अहिलेसम्म जोखिममा रहेका समूहलाई खोप दिइएको र अब १२ देखि १८ वर्षका उमेर समूहमा खोप दिने तयारी भएको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयले नेपालमा बस्ने जुनसुकै देशका नागरिकले पनि खोप पाउने स्पष्ट पारेको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top