×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

कान्छी सभापतिको कांग्रेस कल्पना : समाजवाद र लोकतन्त्र मान्ने त्यागी नेतृत्व

२० भाद्र २०७८

२० भदौ, काठमाडौं ।

युवा पुस्तालाई राजनीतिक नेतृत्वमा नल्याइएको÷आउन नसकेको भनेर लामै समयदेखि चर्चा र आलोचना भइरहेको छ। अहिले मूलधारमा रहेका हरेक पार्टीको नेतृत्वमा पनि पाका उमेरका नेताहरु रहेका छन्।

Advertisement
Advertisement

विश्व राजनीतिमा युवाहरूको उपस्थिति जबर्जस्त बढिरहेका बेला नेपालका राजनीतिक दलहरु पुरातन भए र वर्षौंसम्म एउटै व्यक्ति नेतृत्वमा रहिरहे भनेर आलोचना हुने गर्छ। नेपालका राजनीतिक दलले कहिले युवा नेतृत्व पाउँछन् यसै भन्न सकिने अवस्था छैन।

अहिले प्रमुख पार्टीहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको संघारमा रहेका छन्। सत्ताधारी नेपाली कांग्रेसको महाधिवेशन सुरु नै भइसकेको छ। हाल कांग्रेसको वडा अधिवेशन चलिरहेको छ। भदौ २६ भित्र सबै वडाको अधिवेशन सकिनेछ।

कांग्रेसको महाधिवेशन सुरु भएसँगै युवाहरुलाई प्रेरणा दिने एक प्रतिनिधि कर्णालीबाट उदाएकी छन्। राजनीति र विकासमा पछाडि रहेको भनिएको कर्णाली प्रदेशको दैलेखबाट एक १९ वर्षीया युवती कांग्रेसको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनमा वडा सभापति निर्वाचित भएकी छन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत निर्वारोध निर्वाचित हुँदै कान्छी सभापति बनिन्।

वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि उनलाई सर्वसम्मत निर्वाचित गरिएको थियो।

‘मैले पार्टीको नेतृत्व गर्छु भन्दा सबैले सहयोग गर्नुभयो। मलाई सर्वसम्वत रुपमा जिताउनु भयो’, महतले भनिन्। पृष्ठभूमि कांग्रेस भएरमात्र आफू नआएको भन्दै उनले अब नेतृत्वमा लागि चुनौती र चिन्ता दुवै रहेको बताइन्।

‘मलाई खुशी  पनि लागेको छ साथै चिन्ता पनि लागेको छ’ उनले भनिन् ‘मलाई खुशी किन लागेको छ भने वडाको सभापतिको जिम्मेवारीका लागि सबैले विश्वास गरेर दिनु भयो।

चिन्ता चाहिँ के कुरामा लागेको छ भने त्यो पूरा गर्न नसक्ने हुँ कि! तर, पनि मेरो आँट जोगाएर अघि बढ्ने छु। म अरुको दबाबले राजनीतिमा आएको हैन। मेरो बाबाको सपना पूरा गर्नु पर्छ भनेर लागेको हुँ।’

उनले आफ्ना बाबु बितेपछि नेपाली कांग्रेसमा सक्रिय भएर राजनीति गर्ने हिम्मत जुटाएको उल्लेख गरिन्। अब यसमा पूर्ण रुपमा लाग्ने उनको भनाइ छ।

‘कांग्रेसले समाजवाद, लोकतन्त्रवाद र सबैले स्वीकार गर्ने भएकाले मैले यो पार्टी रोजेको हुँ’, उनले भनिन्, ‘मैले कल्पना गरेको र देखेको कांग्रेस भनेको मिहिनेती, अनुशासित र निःस्वार्थीका साथै त्यागी नेतृत्व हुनुपर्छ।’

नेतृत्व सबैले स्वीकार गर्ने हुनुपर्ने र उसले पनि त्यही अुनसार व्यवहार गर्नुपर्ने महतको बुझाइ छ। आफू क्रियाशील सदस्यबाट पार्टीको सभापति भएको भन्दै उनले समयले कहाँ पु¥याउँछ त्यही अनुसार राजनीतिमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरिन्।

‘संकटकालमा अझ भनौ द्वन्द्वमा १६ वर्षका महिलाले बन्दुक बोकेर हिँडे भने म १९ वर्षको मानिसले किन नसक्ने भन्ने सोचेर हिम्मत आएको छ’ महत भन्छनिन् ‘महिला भनेपछि गर्न नसक्ने होइन। विद्यादेवी भण्डारी राष्ट्रपति, ओन्सरी घर्ती सभामुख बन्नु भयो। मैले पनि गर्न सक्छु।’

महत ‘एचए’को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।

Advertisement

‘सबै अट्ने देश सबैलाई जोड्ने’ कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले नेपाल लाइभलाई बताए।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top