२० भदौ, काठमाडौं ।
भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् ।
नेपालको पर्यटन प्रवद्र्धनका विबषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एशियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।
एकसाता अघि नेपाल आउनुभएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका विभिन्न विषयमाथि गरेको छलफलका क्रममा उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र यही नै स्वर्ग रहेको धारणा राख्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
“नेपाल सम्भावना नै सम्भावना भएको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ रु आवश्यक छ त केबल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन ।
त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन”, सद्गुरुको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाल विश्वका अरु देश जस्तो नभइ अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकाले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकत्ता भएको बताउँदै उहाँले योजनाबद्ध विकासबिना दिगो विकास सम्भव नहुने धारणा राखे।