मोरङ पूर्णखोप शुनिश्चित जिल्ला घोषणा हुँदै

विराटनगर, असार २८
असार–३२ गते मोरङ जिल्ला पुुर्ण खोप शुनिश्चित जिल्ला घोषणा हुने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको बिहिबार वसेको वैठकले जिल्लालाई पुर्णखोप जिल्ला घोषणागर्ने निर्णय गरेको हो ।

Advertisement

१५ महिना उमेर भित्रका जिल्लाका सवै वावालिकालाई रोग विरुद्ध लडने ११ प्रकारका सवै खोप लिइ सकेको अवस्थामा पुर्णखोप शुनिश्चित जिल्ला घोषणा गर्न सकिने वाल स्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताए ।

विराटनगरमा एक भव्य कार्यक्रमको आयोजनागरी पुर्ण खोप शुनिश्चित जिल्ला घोषणागर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले बताए ।

Advertisement

मोरङ जिल्लमा साविकको लखन्तरी गाविसलाई पहिलो पुर्णखोप गाविस घोषणा गरिएको थियो । नेपालमा अहिलेसम्म ५० वटा जिल्ला पुर्णखोप शुनिश्चित जिल्ला घोषणा भइ सकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top