नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

२० भदौ, काठमाडौं ।

दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

अपरान्ह ५ः३० बजेबाट शुरु भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठलाई डिफेन्डरमा उतारेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा रहेका छन् भने फरवार्ड मनिष डाँगी, आयुष घलान, आशिष लामा रहेका छन् । नेपाली टोलीको कप्तानी समेत सम्हालेका किरणले गोलकिपरमा छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.