तालिवानले गरे गर्भवती प्रहरीको हत्या

२१ भदौ, काबुल ।

अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ ।

मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ ।

एउटा स्थानीय जेलमा काम गर्ने नेगार आठ महिनाकी गर्भवती थिइन् । शनिबार तीन जना बन्दूकधारी उनी बसेको घरमा पुगेका थिए । आक्रमणकारीले अरबी भाषा बोलेको साँक्षीले बताएका छन् ।

नेगारलाई तालिवानले शनिबार श्रीमान र सन्तानकै अगाडि नैे कुटेर हत्या गरेका थिए । आफन्तले हत्या गरिएको कोठाको भित्तामा लतपतिएको रगतको टाटाको तस्बिर सार्वजनिक गरेका छन् ।

नेगारको हत्यामा आफ्ना लडाकूहरुको संलग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको तालिवानले जनाएको छ । तालिवान प्रवक्ता जाबिउल्लाह मुजहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ ।

उनको हत्यामा तालिवानको संलग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु । यसबारे अनुसन्धान भइरहको छ । ’ पूर्वअफगान सरकारमा काम गर्ने सबै जनालाई आममाफी दिइसकेको उल्लेख गर्दै उनले नेगारको हत्याको कारण व्यक्तिगत दुस्मनी हुन सक्ने बताए ।

१५ अगस्टमा काबुल कब्जामा लिएपछि तालिवानले महिलाप्रति केही सहिष्णु बन्ने घोषणा गरे पनि उनीहरूका गतिविधि झनै पाशविक देखिएको छ । लडाकूले महिला हत्याका घटना र अल्पसंख्यकमाथिको दमन बढेको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top