राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, असार २८

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवहरुको प्रस्तुतिकरणपछि बुधबार राती उनले सो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार उनले कृषिमा आधुनिकीकरण, अग्र्यानिक उत्पादन, जलविद्युत आयोजनाको शीघ्र कार्यान्वयन, बजार अनुगमन र महंगी नियन्त्रण, क्षमताअनुसारको रोजगारी र स्वरोजगारी सिर्जना आदि क्षेत्रमा प्राथमिकता दिन पनि निर्देशन दिएका थिए।

कार्यक्रममा २१ वटै मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.