अमेरिका अफगानिस्तानमा फिर्ता जानसक्छ : अमेरिकी सिनेटर ग्राहम

अमेरिका अफगानिस्तानमा फिर्ता जानसक्छ : अमेरिकी सिनेटर ग्राहम

२१ भदौ, काठमाडौं ।

अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकी सैनिक भविष्यमा ‘अफगानिस्तानमा फिर्ता जाने’ बताएका छन्। बीबीसीसँगको कुराकानीमा उनले अफगानिस्तानमा अमेरिका जानुपर्ने बताए।

“हामीलाई जानु छ किनकी आतंकवादी खतरा ठूलो हुनेछ” उनले भने।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट सिनेटर ग्राहमले तालिबान शासनमा अफगानिनिस्तान कट्टरवादी इस्लामिको ठूलो क्षेत्र बन्नसक्ने बताए।

उनले ‍‘यहाँ ‍ट्रम्पको गल्तीया बाइडनको गल्तीमा कुरा गर्नु भन्दा तालिबान अहिलेपनि फेरिएको छैन र अहिलेको समयसँग उनीहरु मिलेका छैनन्।’

’हामी फेरि अफगानिस्तान जानु पर्छ जसरी हामी इराक र सिरिया गएका थियौं’ उनले भने।

गत हप्ता २० वर्षपछि अमेरिकी सेना अभियान समाप्त गरेर अफगानिस्ताबाट बाहिरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.