भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार

२० भदौ ७८, सोमबार

२१ भदाै, काठमाडाैँ ।

भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ । ​अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान सूर्योदय ५ः४५ बजे भएकोे छ ।

समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले आज बिहान ६ः५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी भएकाले अपराह्नकालमा औँसी तिथि परेको बताए ।

Advertisement

सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मङ्गलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ । मङ्गलबार बिहान ६ः२५ सम्म औँसी तिथि छ । सूर्योदय बिहान ५ः४६ बजे हुन्छ ।

मघा नक्षत्र भएकाले आज श्राद्ध गर्न नहुने धर्मशास्त्रविद् गौतमले जानकारीदिनुभयो । मघा नक्षत्र भएका दिन श्राद्ध गरेमा जेठो छोरा नाश हुने शास्त्रीय वचन छ । सन्तान नहुनेले भने आज श्राद्ध गर्छन् । मघामा पिण्ड नदिई गरिने श्राद्ध भने आज गरिन्छ । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परे पनि गर्नुहुन्छ भन्ने मान्यता राख्नेहरु आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका छन् ।

दूरी कायम गरी श्राद्ध

मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ आज श्राद्ध गर्न आउनेलाई दूरी कायम गरेर कर्म गर्न दिइने बताए । मङ्गलबार कुशे औँसीका अवसरमा हुने मेला भने स्थगित गरिएको उनले सुनाए।

मङ्गलबार बिहानैदेखि प्रहरी परिचालन गरेर मेला रोक्ने समितिको तयारी छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्राद्ध गरेमा घर र मामाघरतिरका २१ पुस्तासम्मका पितृले पार पाउँछन् भन्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाखौँ भक्तजन आउने गर्छन् । कोरोना महामारीका कारण गत वर्ष यस वर्ष पनि मन्दिर क्षेत्रमा लाग्ने मेला रोकिएको छ । यस अवसरमा मन्दिरमा हुने नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top