ओलीको आक्रोश: अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?’

२१ भदाै, काठमाडौं।

Advertisement

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। सोमबार राष्ट्रिय युवासंघको भेलामा उनले सभामुख अग्नि सापकोटा एमाले फुटाउने षडयन्त्रमा सरिक भएको भन्दै सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका हुन् ।

भदौ १ गते एमालेले १४ सांसदलाई निष्कासन गर्दै त्यसको जानकारी संसद् सचिवालयलाई गराएको थियो। सभामुखले ती सांसदहरू पदमुक्त भएको सूचना तत्कालै टाँस नगरी अध्ययन र परामर्श गरेको भन्दै समय व्यतित गरेका थिए। सोही समयमा निर्वाचन आयोगले एमाले विभाजनको प्रक्रिया टुंग्याएको थियो। ओलीले समयमै सूचना टाँस नगरेको भन्दै सापकोटालाई जालझेल र फटाइँ गरेको आरोप लगाए ।

Advertisement

उनले भने, ‘सभामुखसँग विचार गर्ने कुनै अधिकार छैन। भित्तामा सूचना टाँस्ने हो। भित्तामा सूचना टाँस्न उसलाई धेरै विचार गर्नुपर्छ? सूचना टाँस्ने कर्तव्य पूरा गर्न उसलाई विचार गर्नुपर्छ, धेरै? यो सबै जालझेल हो, षडयन्त्र हो, तिकडम हो। तर जाली फटाहाहरुले खाने समय अब गए। अब जाली फटाहाहरुको समय धेरै चल्न सक्दैन। पर्सि संसद् सुरु हुँदैछ। हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ- सभामुख हो कि, कुनै पार्टीको कार्यकर्ता कि, गठबन्धनको मतियार हो कि, एमाले विरुद्धको साँठगाँठकर्ता जालीझेली काम गर्ने एउटा मोहरा हो कि। के हो सभामुख भनेको? त्यो सोध्नुपर्ने छ’, उनले भने।

सापकोटा प्रमुख प्रतिपक्षी पार्टी फुटाउन षडयन्त्रमा सरिक भएको ओलीको आरोप छ। उनले भने,’षडयन्त्रको हिस्सेदार, षडयन्त्रको भागिदार र एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन । सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनैपर्ने हुन्छ। अग्निप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो? एमाले विरोधी हो? एमालेविरुद्ध षडयन्त्र गर्ने षडयन्त्रको अखडा हो त्यो? त्यस विषयमा हामीले सोध्नैपर्ने छ।’

Advertisement

सभामुख सापकोटाले अघिल्लो अधिवेशन सुरु हुँदा दिएको मन्तव्यप्रति पनि आक्रोश व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top