संघीय राजधानी नै डुबानमा

२१ भदौ ७८, मंगलबार

काठमाडौं : आइतबार मध्यराति काठमाडौं उपत्यकाको आकाशमा गड्याङगुडुङ सुनियो । सामान्यतः मनसुनको समयमा पानी पर्दा यस्तो आवाज सुनिदैन । प्रि–मनसुनमा भने गड्याङगुडुङ हुन्छ ।

तर, अप्रत्यासित रूपमा सुनिएको गड्याङगुडुङसहितको आवाजपछि परेको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागलाई डुबायो । कयौंलाई उद्धार गर्नुपर्ने अवस्था आइलाग्यो ।

त्यसो त मौसम पूर्वानुमान महाशाखाले आइतबार राति र सोमबार काठमाडौं उपत्यकामा भारी वर्षा हुने कुनै जानकारी गराएको थिएन । महाशाखाले यो विषयमा कुनै संकेत पाउन पनि सकेको थिएन । तर, भयो उल्टो । राति साढे २ बजेदेखि बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन हुनेगरी वर्षा भयो । काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु विरलै घटना हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थल केन्द्रमा आइतबार राति १ बजेदेखि सोमबार साँझसम्मको अवधिमा १२१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । यसलाई मौसमविद्हरू ‘अति भारी’ वर्षा भएको बताउँछन् । मनसुन बाहिरिने समय नजिकिँदै गर्दा सेप्टेम्बर महिनामा यति धेरै वर्षा भएको पहिलोपटक हो ।

‘यसअघि सन् २००८ को सेप्टेम्बर १२ मा ८४.३ मिलिमिटर पानी परेको रेकर्ड छ । गएरातिदेखिको वर्षा रेकर्ड ब्रेक नै हो,’ मौसमविद् निराजन सापकोटाले भने । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबार राति साढे २ बजेदेखि पानी पर्न थाल्यो, सोमबार बिहानैसम्म पानी परिरह्यो ।

‘राति गड्याङगुडुङ पनि भएको थियो, सामान्यतः मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन । प्रि–मनसुनमा यस्तो हुन्छ,’ मौसमविद् अर्यालले भने । आखिर कसरी काठमाडौं उपत्यकामा नसोचेको पानी प-यो त ? मौसविद् अर्याल भन्छन्, ‘अहिले बंगालको खाडीको उत्तर–पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो ।’

भारी वर्षा भएसँगै बाग्मती नदीमा जल सतह बढेको थियो । यसबाट नदीछेउका बस्तीहरूमा डुबानमा परे । बल्खुस्थित तरकारी बजारमा पानी पस्यो । बाग्मती कोरिडोरको बाटो पनि डुबानमा प¥यो ।

मौसमविद् अर्यालका अनुसार सोमबार बाग्मती प्रदेशभरि वर्षा भएको थियो । यो समाचार लेख्दा कतिपय ठाउँमा अझै पानी परिरहेको थियो । काठमाडौं उपत्यका मात्र सोमबार बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो ।

‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने । विरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेका छन् । भारी वर्षाका कारण कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमूललगायत क्षेत्र डुबानमा परेको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top