आज निजामती सेवा दिवस, विभन्न कार्यक्रम गरी मनाइँदै

२२ भदाै, काठमाडौं ।

Advertisement

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

सरकारले कोभिड–१९ महामारी फैलिरहेको, स्थानीय प्रशासनको निषेधको आदेश कायम रहेको र कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरको प्रभावले जनस्वास्थ्यमा चुनौती थपिन सक्ने भएकाले कार्यालय परिसरमा नै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी दिवस मनाउन निर्देशन दिएको छ ।

Advertisement

मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा गत आइतबार बसेको निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने आर्दश वाक्यका साथ तय गरेको छ ।

यसअघि हरेक वर्ष दिवस मनाउँदा फरकफरक आर्दश वाक्य चयन हुने गर्दथ्ये । यसपटक भने एकै पटक पाँच वर्षका लागि आर्दश वाक्य चयन गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले हरेक वर्ष आर्दश वाक्य चयन गर्दा त्यो वाक्य अनुसारको लक्ष्य पूरा हुन नसकेर यसपटक पाँच वर्षका लागि एउटै वाक्य चयन गरेको बताए ।

Advertisement

गतवर्ष पनि कोरोना भाइरस सङ्क्रमणका कारण यस दिवसका अवसरमा औपचारिकता कार्यक्रम गरिएको थिएन । निजामती ऐन–२०६१ जारी भएको अवसर पारेर हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top