×

NEPAL TIMES UPDATES

Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026

प्रशारण लाइनको टावर ढलेपछि म्याग्दीमा चार जलविद्युत् आयोजना बन्द

२२ भाद्र २०७८

२२ भदाै, काठमाडाैँ ।

प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो ।

Advertisement
Advertisement

मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युतगृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइनको चार नम्बरको टावर गत शुक्रबार राति बाढीपहिरोको कारण ढलेको थियो ।

दश मेगावाट क्षमताको मोदी–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले मोदी सबस्टेशन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने अन्य आयोजना पनि प्रभावित भएका जानकारी दिए । पाँचसय मिटर नहरमा माटो थुप्रिएको मोदी–१ को बाँधमा पनि क्षति पुगेको छ । मोदी–१ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले डाइभर्सन (बैकल्पिक) टावर बनाउन र ढलेको टावर मर्मतमा ढिलाई गर्दा करोडौँ मूल्यको नोक्सानी भएको माउन्टेन इनर्जी नेपाल प्रर्बद्धक रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले बताए। “विद्युत् प्राधिकरणले खपत गर्न नसक्दा ३० देखि ३५ मेगावाटको हाराहारीमा उत्पादन गरिरहेका थियौँ”, उनले भने, “सञ्चालनमा आएको दुई महिनामै उत्पादन बन्द गर्नुपर्दा थप घाटा व्यहोर्नुपर्ने भयो ।”

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २२० केभी क्षमताको दाना सबस्टेसनमा जोडिएका मिस्त्री खोला, थापाखोला र घलेम्दीको विद्युत् कुस्माको खुर्कोट सबस्टेसन हुँदै मोदी–१ को १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा पुग्छ । मोदी सबस्टेसनसम्म पुग्ने विद्युत् स्थानीय क्षेत्रमा वितरण हुँदै आएको छ ।

बढी भएको विद्युत् मोदीबाट लेखनाथ सबस्टेसनसम्म पु¥याउने गरिएको छ । प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायत टोलीलाई खटाएको जनाएको छ ।

मुस्ताङ, पर्वत, म्यादी र बागलुङ जिल्लाको विद्युत् सेवालाई शनिबार साँझदेखि नै सञ्चालनमा ल्याएको प्राधिकरणको टोलीले प्रसारण लाइन मर्मतमा प्राथमिकताका साथ निरन्तर खटिएको जनाइएको छ ।

Advertisement

यसपालिको बर्खा सुरु भएयता गण्डकी प्रदेशका विद्युत् पूर्वाधारमा रु १० अर्बभन्दा बढीको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले जनाएको छ । बाढीपहिरोले निर्माणाधीन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्युत् आयोजना एवं प्रशारण र वितरण लाइनका संरचना क्षतिग्रस्त हुँदा ऊर्जा क्षेत्रका लागि ठूलो आर्थिक नोक्सानी भएको इपानका प्रदेश सदस्य शंकर बस्यालले बताए ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top