असोज पहिलो साताबाट पोखरामा राष्ट्रिय फुटसल लिग, विजेतालाई १० लाख

२१ भदौ ७८, मंगलबार

२२ भदाै, काठमाडाैँ ।

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच हुनेछ ।

असोज २ गतेदेखि २२ गतेसम्म पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । जसमा बागमती प्रदेशबाट ४ सहित अन्य प्रदेशबाट ६ टोलीको सहभागिता हुनेछ । खेल २०÷२० मिनेटको हुनेछ ।

खेल राउन्ड रोबिन लिग ढाँचामा आयोजना हुनेछ । एक आपसको प्रतिस्पर्धापछि शीर्ष चारमा अटाएका टोलीले इलिमिनेटर क्वालिफायर खेल्नेछन् । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धाबाट जित निकाल्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तेस्रो र चौंथो स्थानका टोलीबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

२१ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट पिभोट (मिडफिल्डर)÷आला (विंगर), फिक्सो (डिफेन्डर), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top