एमसीसी अघि बढाउने प्रधानमन्त्रीको सङ्केत, बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन

२२ भदौ, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकलाई आज मङ्गलवार सम्बोधन गर्दै देउवाले एमसीसीको विषयमा बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि दिन लागेको सहयोगको बारेमा बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिए ।

Advertisement

‘एमसीसी अहिले एकाएक आएको विषय होइन, लामो कानुनी प्रक्रिया पूरा गरेर यो अवस्थामा आएको हो, यसअघिका धेरै सरकार र नेताहरूले एमसीसीको विषयमा कानुन निर्माण र विकास गरिसक्नुभएको छ’, प्रधानमन्त्री देउवाको सम्बोधन उद्धृत गर्दै नेत्री पुष्पा भुसालले बताइन् , ‘पहिलेका सरकारले यसलाई कानुन बनाएर अघि बढाएको सन्दर्भमा अहिलेको सरकारले अघि बढाउन लागेको हो, यसमा धेरै राजनीति गर्नुहुँदैन र नागरिकलाई भ्रमित बनाउने काम पनि गर्न हुँदैन ।’

अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइनको सुधार र सडकको सुधारका लागि अनुदानका रूपमा एमसीसी परियोजना ल्याएकाले यसबाट नेपालमा हुने विकास र फाइदाबारे बुझ्न र बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिएका छन् ।

Advertisement

सङ्घीय संसद्को बैठक भोलि बुधवारका लागि आह्वान भएको छ । यो अधिवेशनमा एमसीसीको प्रस्ताव पेस हुने आकलन गरिएका बेला प्रधानमन्त्री देउवाले आज सांसदहरूलाई यस विषयमा आवश्यक निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top