×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026

क्यासिनो सञ्चालनको तयारीमा

२२ भाद्र २०७८

२२ भदौ, काठमाडौँ ।

कोभिड–१९ महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन् ।

Advertisement
Advertisement

सरकारले कोभिड महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हालै हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन् ।

राजधानी काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले भदौ १७ देखि निषेधाज्ञा हटाएसँगै अधिकांश क्यासिनो सञ्चालनका लागि व्यवसायीले तयारी गरेको क्यासिनो सञ्चालक सङ्घले जनाएको छ ।

व्यवसायीले एक÷दुई दिनभित्रै क्यासिनो सञ्चालनमा ल्याउने सङ्घका अध्यक्ष किशोर सिलवालले जानकारी दिए । “निषेधाज्ञा खुलेकाले एक÷दुई दिनमै क्यासिनो खोल्न धेरै क्यासिनोले तयारी गरेका छन् भारतमा कोभिडको तेस्रो लहरको हल्ला छ अवस्था कस्तो हुन्छ, उपयुक्त वातावरण हेरेर सञ्चालन गर्छांै, अहिले पर्ख र हेरको अवस्थामा छौँ”, उनले भने ।

नेपाली क्यासिनोको प्रमुख स्रोत बजार भारत हो । भारतबाट उल्लेख्य सङ्ख्यामा व्यापारी तथा उच्च घरानिय क्यासिनोको मनोरञ्जन लिन नेपाल आउछन् । नेपालको क्यासिनो बजारमा भारतीय ग्राहक नै हुन्छन् । क्यासिनोमा अधिकांश भारतीय व्यापारीले लगानी गरेका छन् ।

नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ । कोभिड महामारीअघि पनि राजधानीका कतिपय क्यासिनो सञ्चालनमा थिएनन् लामो समयदेखि बक्यौता नतिरेकाले सञ्चालनमा रोक लगाइएको थियो । थोरै सङ्ख्यामा क्यासिनो खुले पनि महामारीले बन्द गर्नुपरेको थियो ।

राजधानी बाहिर पनि मिनि क्यासिनो सञ्चालनमा छन् । कोभिड महामारी नियन्त्रण गर्न सरकारले विसं २०७६ चैत ११ देखि मुलुकभर बन्दाबन्दी गरेको थियो ।

मङ्सिर महिनापछि बन्दाबन्दी खुले पनि पुनः कोभिडको दोस्रो लहर शुरु भएपछि विसं २०७८ वैशाख १६ गतेदेखि राजधानी उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको थियो । रैथाने व्यक्ति, व्यापारी तथा उच्च घरानाका व्यवसायीले मनोरञ्जनात्मक रुपमा खेल्ने जुवाखेल नै क्यासिनो हो । अहिले पर्यटकदेखि तारे होटल सञ्चालनमा छन् । तर विदेशी पर्यटक नहुँदा होटलले यात्रु पाउनै सकेका छैनन् ।

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले होटल खुले पनि ग्राहक नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भइरहेको बताए । उनले पर्यटन क्षेत्रलाई राहत दिनका लागि सरकारले बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयनका अवस्था आए सहज अवस्था सिर्जना हुने बताए ।

अहिलेको अवस्थामा विदेशी पर्यटकलाई अनअराइभल प्रवेशाज्ञाको व्यवस्था गर्नसकिए पर्यटक आकर्षण हुने उनको भनाई छ । अहिले पनि विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरी नेपालमा कोभिडको जोखिम रहेकाले आफ्ना नागरिकलाई भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् । यो फुकुवा नभएसम्म पर्यटक आउन समस्या हुने उपाध्यक्ष शाहको भनाइ छ ।

सरकारले क्यासिनो व्यवसायीलाई बक्यौता तथा रोयल्टी रकम तिर्न बारम्बार ताकेता गर्दै आएको छ । महामारीका कारण बक्यौता उठेको छैन ।

पर्यटन विभागका अनुसार क्यासिनोबाट विसं २०७० देखि २०७६ सम्मको रु ७० करोड बाँकी छ । त्यस्तै कुमारी चोकमा रु एक अर्ब २५ करोड बक्यौता उठाउन बाँकी छ ।

बक्यौता उठ्न नसकेपछि विभागले विसं २०७३ कुमारी चोकलाई लेखी पठाएको थियो । यो रकम क्यासिनोको जरिवाना र पेनाल्टीसहितको हो ।

महामारीको अवधिको रकमको हिसाब छैन । हाल मुलुकभर १५ भन्दा बढी क्यासिनो सञ्चालनमा छन् । दशवटा क्यासिनो अदालतको आदेशमा चलेका छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन् ।

Advertisement

राजधानीका पाँचतारे अधिकांश होटलमा क्यासिनो सञ्चालन छन् । राजधानी बाहिरका सुविधासम्पन्न तारे होटलमा पनि क्यासिनो सञ्चालन भइरहेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top