डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने धागो उत्पादक संघको घोषणा

२२ भदौ ७८, बुधबार

२२ भदौ, काठमाडौं ।

नेपाल धागो उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने घोषणा गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल धागो उत्पादक संघले २४ सै घण्टा विद्युतको प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको हो।

विद्युत महशुल आयोगले बोर्डको १०३ औँ बैठकबाट २४ सै घण्टा विद्युत आपूर्ति गरे ६० प्रतिशत महशुल लिन पाउने अन्यथा नपाउने भनिए पनि त्यसविपरीत उद्योगीहरुलाई बिल पठाएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए।

अध्यक्ष गोल्यानले प्राधिकरणले भनेबमोजिम आफूलाई पावर सप्लाइ पनि नभएको र कुनै पनि उद्योगले एउटाले २४ घण्टा विद्युत् नपाएको बताउँदै प्राधिकरणले उद्योगीहरुको मानमर्दन गरेको आरोपसमेत लगाए।

उनले प्राधिकरणले उद्योगहरुले प्रयोग नै नगरेको विद्युतको महशुल उठाउन लागेको भन्दै त्यसको आपत्ति जनाए। उनले प्राधिकरणले बनाएको नियम मिचेको वा २४ सै घण्टा विद्युत् प्रयोग गरेको भए कानुनअनुरुप कारबाही भोग्न आफू तयार रहेकोसमेत बताए।

अध्यक्ष गोल्यानले भन्नुभयो, ‘बिजुलीको समस्या नभएको भए धागो उत्पादन गर्ने कुरामा हामी एक नम्बरमै हुने थियौँ। २०७६ सालदेखि विद्युतको समस्या आइलाग्यो। त्यसपछि उत्पादन रोक्नुपर्ने भयो। यस्तो स्थितिमा हामीमाथि हामीले प्रयोग नै नगरेको विद्युतको जुन कुरा आएको छ, जुन बारम्बार आमजनताको अगाडि आएको कुरा छ, त्यो भ्रमित न्यूज हो, त्यसलाई हामीले आज त्यसमा भएको सत्य र तथ्य अगाडि राख्न खोजिरहेका छौँ।’

उनले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको महशुल नतिरेको आरोपले तनाव सिर्जना गरेको बताए। ’हामीलाई गलत किन भनिन्छ? दिनरातको टेन्सन हामीलाई किन दिने? हामीले के गल्ती गरेका छौँ, उद्योग सञ्चालन गर्नु गल्ती हो? एनईएको यही गल्ती हो भने उद्योग इण्डस्ट्री नै सकिन्छ,’ उनले भने।

संघका उपाध्यक्ष विष्णु न्यौपानेले चोर र पुलिस एउटैलाई बनाएपछि कहिल्यै समस्याको समाधान नहुने बताए। उनले उद्योगी र नेपाल विद्युत् प्राधिकरणको समस्याको समाधान गर्न विद्युत प्रयोग गरेकाबाट महशुल उठाउने र नगरेकालाई छोड्नुपर्ने बताए। उपाध्यक्ष न्यौपानेले सरकारले आफ्नो संयन्त्र प्रयोग गरेर विद्युत् प्राधिकरण र उद्योगीहरुको छुट्टै कमिटी बनाएर काम गरे मात्र समस्याको समाधान हुने बताए। सरकारले जहिले पनि यसबारेमा छलफल गर्नका लागि व्यापारीको पतिनिधिहरुलाई नबोलाई प्राधिकरणलाई मात्र बोलाएर एकलौटी निर्णय गरेको आरोप उनले लगाएका छन्।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले विवादमा आएका हरेक उद्योगहरुले प्रयोग गरिसकेपछि एक रुपैयाँ पनि वक्यौता नराखेको बताए। उनले त्यसमध्ये ९८ प्रतिशत उद्योगले त्यसबाट पाउने रिपेट समयमै लिइरहेको समेत उल्लेख गरे। अध्यक्ष थापाले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरुले समयमा नै पैसा तिरेको दाबी गरे।

२०७२ असार १२ गतेबाट प्राधिकरणको सञ्चालकले डेडिकेटेड र ट्रंक लाइन सुविधाबारे निर्णय गरेर कार्यान्वयन गर्ने निर्णयसहित डेडिकेटेड र ट्रंक लाइन बाँडेको थियो।

२०७५ वैशाख ३१ बाट देशमा लोडसेडिङ हटेपछि गत असार १ मा विद्युत् नियमन आयोगले डेडिकेटेड लाइनको व्यवस्था खारेज नगर्दासम्मको अवधिको विवाद समाधान गर्ने जिम्मेवारी पाएको थियो। तर, अहिलेसम्म विवाद समाधान हुन सकेको छैन। सार्वजनिक लेखा समितिले पनि गत चैतमा सरकारलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम महिना दिनभित्र उठाउन निर्देशन दिएको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top