बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

२३ भदौ, काठमाडौं ।

लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो ।

वर्षात् र बाढीले गर्दा देशभर केकति क्षति भयो भन्ने कुराको यकिन विवरण आउन समय लाग्ने भए पनि करीब ५ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको प्mलोरीकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको वाग्मती र धोबीखोलामा सोमवार आएको बाढीका कारण किसानले फूलखेती गरेका टनेल र नर्सरी डुबानमा पर्दा २० लाख फूलका बिरुवा मरेका छन् । बाढीका कारण काठमाडौंमा मात्र करीब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति हुन पुगेको छ । बाढीका कारण दशैं र तिहारका लागि भनेर लगाइएका धेरै फूलका बिरुवाहरू नष्ट भएका छन् ।

काभ्रेपलाञ्चोकमा वर्षात्का कारण २५ रोपनी जमीनमा लगाएको फूलखेतीमा असर पर्दा ५० हजार फूलका बिरुवा नष्ट भएका छन् । अहिलेसम्म काठमाडौंको मात्र क्षतिको पूर्ण विवरण आएको र बाँकी जिल्लाको पनि विवरण संकलन भइरहेको एशोसिएशनले जानकारी दिएको छ । ललितपुर र भक्तपुरमा पनि काठमाडौंकै अनुपातमा क्षति भएको हुन सक्ने बताइएको छ ।

कोरोना महामारीका कारण ठूलो नोक्सानी बेहोरिरहेका पुष्प व्यवसायी तथा किसानहरूलाई लगातारको वर्षात्पछि आएको बाढीले झनै मर्का पारेको एशोसिएशनको भनाइ छ ।

अघिल्लो वर्षको बन्दाबन्दीको समयमा दैनिक १ करोड रुपैयाँको नोक्सानी बेहोरेका पुष्प व्यवसायको व्यापार हालसम्म पनि ३० प्रतिशतको हाराहारीमा मात्र चलेको श्रेष्ठ बताउँछन् ।

नेपालमा पुष्प व्यवसाय ४३ जिल्लामा पििैलएको छ । यो व्यवसायमा ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । एशोसिएशनको तथ्याङ्कअनुसार देशभरिमा ६ अर्बको लगानी भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top