चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि, छुटमा सामान खरिद गर्न सकिने

२३ भदौ, काठमाडौं ।

चाडपर्वलाई लक्षितथ गरी सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने भउको छ। दसैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियथत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापनलगायत कार्य सुरु गर्ने तयारी गरेको छ।

मुख्यसचिवको नेतृत्वमा मंगलबार सम्पन्न बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्य भौतिक र पूर्वाधार, यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत मिलाउने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, साल्ट टे«डिङ कर्पोरेसनसहितको बैठकले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो।

सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जनाइएको छ। उपभोक्ताले चिनीमा प्रतिकेजी पाँच, नुनमा प्रति केजी दुई, चामलमा प्रतिकेजी पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकेजी १० रुपैयाँ छुट पाउनेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत छुटमा सामान बिक्री हुनेछ। यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि घिउ, पनिरलगायतका उत्पादन सुपथ पसलमा राख्ने तयारी गरेको छ। अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ।

कम्पनी र कर्पाेरेसनले उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएका छन।

यसैबीच दसैंलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसीबोका खरिद गर्ने भएको छ। कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने जनाएको छ।

दसैंमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top