सभामुख सापकोटाले पदीय दूरुपयोग गरे : विष्णु पौडेल

२३ भदाै, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले सभामुख अग्नीप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन् । आफ्नो दलले कारबाही गरेर निस्काशन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दूरुपयोग गरेको उनको आरोप छ ।

बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको ? भनि सभामुख सापकोटालाई प्रश्न समेत गरे ।

पूर्व अर्थमन्त्री समेत रहेका उनले भने, ‘नेकपा एमालेको संसदीय दलमा अनुशासन उलंघन गरेका, पार्टीको ह्वीप उलंघन गरेका सदस्यहरुलाई, आफ्नो दलका नेतालाई विश्वासको मत नदिएकाहरुलाई स्पष्टिकरण सोधेर कारबाही गरेको त्यो निर्णयलाई लागू नगर्ने अधिकार सभामुखलाई छैन । यसरी पदको दूरुपयोग गरेर नेकपा (एमाले)लाई विभाजनमा ल्याउने काम पदको दूरुपयोग गरेर जुन खालको क्रियाकलाप भएका छन । सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द हुनुपर्छ । यो कुनै पनि मानेमा मान्य हुन सक्दैन ।’

उपमहासचिव पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दावी गरे। उनले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top