सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा

२३ भदौ ७८, बुधबार
Share this
806shares

२३ भदाै, काठमाडौँ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले सदन चलाउन सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्ता गठबन्धनका दलहरूका शीर्ष नेताहरू सँगको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरेका थिए ।

Advertisement

सदनमा अतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।बैठकमा सहभागी नेताहरूले संसद् बैठकमा सत्ता गठबन्धनका सांसदहरू प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताए

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top